नियम ३
नाबालीगलाई काममा लगाउने समय
: (१) चौध वर्ष भन्दा माथि सोह्र वर्ष भन्दा मुनिका नाबालीग कामदार वा कर्मचारीलाई कुनै पनि चियाबगानको काममा लगाउँदा ऐनको दफा ५ को उपदफा (२) को अधीनमा रही दिनको ६ घण्टा र हप्ताको छत्तीस घण्टा भन्दा बढी समयसम्म काममा लगाउन हुँदैन ।
(२) सोह्र वर्ष भन्दा माथिका नाबालीग कामदार वा कर्मचारीलाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बाहेक अन्य समयमा काममा लगाउँदा त्यस्तो नाबालीग कामदार वा कर्मचारी र व्यवस्थापकबीचको आपसी सहमतिद्धारा लगाउन सकिनेछ ।